Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धनले बारम्बार संविधान उल्लंघन गरिरहेको छ : झलनाथ खनाल


    शनिबार, भाद्र ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले बारम्बार संविधान विपरीत काम गरेको बताएका छन् । आज काठमाडौंमा पार्टी स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले नै बारम्बार संविधान मिचेको बताएका हुन् ।

    ‘हामी संविधानको रक्षा गर्ने भन्छौं, तर संविधानको रक्षा गर्ने हाम्रो जो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, कोशीमा मात्रै दुईचोटी संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ’, उनले भने ।

    उनले पार्टी विभाजनको औचित्य पुष्टि गर्न अझै प्रभावकारी कार्यक्रम ल्याउन नसकिएको बताए । पार्टीभित्र गलत चिन्तनहरू पार्टीभित्र हुर्किरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार