काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले राजतन्त्र फर्कने कुरा असंभव भएको दाबी गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रलाई गुण्डागर्दी नमच्याउन चेतावनी समेत दिए ।
आज पत्रकार भेटघाट कार्यक्रममा उनले धमिलो पानीमा माछा मार्नेहरू सक्रिय हुन थालेको र लोकतन्त्र र गणतन्त्रका लागि लड्ने नेतामाथि नाराबाजी गर्ने अभियान नै चलेको बताए ।
“म यहाँ आउनुअघि सोचे, कतै यहाँ मण्डले गुण्डा त प्रवेश गरेका होइनन्,” खनालले भने, “एउटा कार्यक्रममा केही मान्छेले बोल्न समय मागे । जथाभावी बोले । सबै पार्टी र नेताविरुद्ध विशेषगरी मेरा विरुद्ध नारा लगाए ।”
पत्रकार भेटघाटमा उनले मण्डले बिउत्याउन कोसिस भइरहेको आरोप लगाए । उनले पूर्वराजा ज्ञानेन्द्रको इसारामा यो सब भइरहेको बताए । साथै मन्दिर धाउँदैमा राजतन्त्र नफर्कने खनालको भनाइ छ ।
“ज्ञानेन्द्रलाई केही दिन अघि भनेको थिए, राजनीतिक गतिविधिले भाडभैलो मञ्चाउनुभन्दा राप्रपाको अध्यक्ष बनेहुन्छ । नभए अर्को पार्टी खोलेहुन्छ,” खनालले भने, “ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु, खबरदार देशमा गुण्डागर्दी मच्चाउने इच्छा पूरा हुनेवाला छैन । दिउँसै आकाशतिर फर्केर हेरेको सपना हो । एकपटक जन्मेको बालक भित्र पस्न सक्दैन । राजतन्त्र नेपाल धर्तीमा फर्किने वाला छैन । मन्दिर नगए हुन्छ ।”
उनले नारायणहिटीमा फेरि मुकुट लगाएर जाने दिवा स्वपना भएको भन्दै नागरिक अभिनन्दन खानु राप्रपालाई केही भोट बढाउने कुरा मात्र भएको बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend