काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले राजतन्त्र फर्कने कुरा असंभव भएको दाबी गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रलाई गुण्डागर्दी नमच्याउन चेतावनी समेत दिए ।
आज पत्रकार भेटघाट कार्यक्रममा उनले धमिलो पानीमा माछा मार्नेहरू सक्रिय हुन थालेको र लोकतन्त्र र गणतन्त्रका लागि लड्ने नेतामाथि नाराबाजी गर्ने अभियान नै चलेको बताए ।
“म यहाँ आउनुअघि सोचे, कतै यहाँ मण्डले गुण्डा त प्रवेश गरेका होइनन्,” खनालले भने, “एउटा कार्यक्रममा केही मान्छेले बोल्न समय मागे । जथाभावी बोले । सबै पार्टी र नेताविरुद्ध विशेषगरी मेरा विरुद्ध नारा लगाए ।”
पत्रकार भेटघाटमा उनले मण्डले बिउत्याउन कोसिस भइरहेको आरोप लगाए । उनले पूर्वराजा ज्ञानेन्द्रको इसारामा यो सब भइरहेको बताए । साथै मन्दिर धाउँदैमा राजतन्त्र नफर्कने खनालको भनाइ छ ।
“ज्ञानेन्द्रलाई केही दिन अघि भनेको थिए, राजनीतिक गतिविधिले भाडभैलो मञ्चाउनुभन्दा राप्रपाको अध्यक्ष बनेहुन्छ । नभए अर्को पार्टी खोलेहुन्छ,” खनालले भने, “ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु, खबरदार देशमा गुण्डागर्दी मच्चाउने इच्छा पूरा हुनेवाला छैन । दिउँसै आकाशतिर फर्केर हेरेको सपना हो । एकपटक जन्मेको बालक भित्र पस्न सक्दैन । राजतन्त्र नेपाल धर्तीमा फर्किने वाला छैन । मन्दिर नगए हुन्छ ।”
उनले नारायणहिटीमा फेरि मुकुट लगाएर जाने दिवा स्वपना भएको भन्दै नागरिक अभिनन्दन खानु राप्रपालाई केही भोट बढाउने कुरा मात्र भएको बताए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend