Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कम्युनिष्ट पार्टीहरु विभाजित हुँदा मुलुकमा सांस्कृतिक संकट बढ्यो : खनाल


    शुक्रबार, असार ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरु विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक संकट बढ्दै गएको टिप्पणी गरेका छन् । नेकपा एसको सम्पर्क विभागले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

    उनले बितेका तीन चार वर्षको बीचमा गाउँगाउँमा डरलाग्दो ढंगले धर्म परिवर्तन र चर्चका भवनहरु बनिरहेको बताए ।

    उनले भने, ‘हाम्रोसामु सांस्कृतिक संकट डरलाग्दो ढंगले बढेको छ । गाउँगाउँमा, वार्डवार्डमा चर्चहरु ठडिएका छन् । यो तीन चार वर्षको बीचमा यत्रा चर्चका बिल्डिङहरु कसरी बने रु साढे ८ हजार चर्च कसरी बने ? अझ अमेरिकाबाट विदेशीमन्त्री कुर्लिन्छ, नेपालमा हिन्दूको लागि कोष छ, बुद्धिष्टको लागि कोष छ तर, क्रिश्चियनलाई किन खोइ भनेर ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार