Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • झलनाथ खनालको गुनासो- मान्छेले राप्रपालाई माया गर्न थाले, चिन्दै नचिनेको रास्वपालाई भोट हाले


    शुक्रबार, भाद्र २९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले काम गर्न नसकेपछि समाजमा अराजकता बढेको टिप्पणी गर्दै अहिले मान्छेले भोट हाल्नुपर्दा राप्रपालाई हाल्न थालेको गुनासो पोखेका छन् । नेकपा एसनिकट सहकारी संगठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्दै सरकार दिशाहिन भएको बताए ।

    उनले भने, ‘अहिले अराजकता बढ्दै छ । अहिले मान्छेले भोट हाल्नुपर्दा राप्रपालाई पो हाल्न थालेका छन् हिजो तीस वर्ष तानाशाही शासन गरेको होइन उनीहरुले, तीस वर्ष तानाशाह शासन गर्नेलाई अहिले मान्छेहरुले माया गर्न थालेका छन् । अनि त्यो रास्वपा भन्ने के हो के हो ? कसैले चिनेको पनि छैन । तर, मान्छेहरुले त्यतैतिर भोट हाल्न थालेका छन् । किनभने पहिलेदेखि स्थापित पार्टीहरुले काम गर्न नसकेपछि ध्यान त्यतातिर डाइभर्ट भइरहेको छ । यो एकदम खतरनाक कुरा हो ।’

    उनले अहिलेको अराजकताको अन्त्य गर्नको लागि आफ्नो पार्टीले विकल्प दिनसक्नुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार