काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विकासको ठोस नीति लिएर अघि बढ्न नसकेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपाल दोस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले ल्याएको बजेट,नीति तथा कार्यक्रम परम्परागत विधिबाट नै ल्याएको र जनताको आवश्यकताको आधार अघि बढ्न नसकेको बताए ।
सरकार देशका उत्पादन र कृषिलाई अगाडि बढाउने कुनै ठोस् नीति लिएर अगाडि बढ्न नसकेको भन्दै उनले हिजोकै नवउद्दारवादी चिन्तनको धरातलबाट दौडी रहेको टिप्पणी गरे ।
उनले भने, ‘मानिसको जीवन झन् झन् सङ्कटमा पर्दै गएको छ । देशका उत्पादनलाई कसरी बढाउने कृषिलाई कसरी अगाडी बढाउने यो कुरामा सरकारले कुनै ठोस् नीति लिएर अगाडि बढ्न सकेको छैन । परम्परागत विधिमा नै छ । अहिलेका जुन नीति र कार्यक्रम छन् । बजेटहरू आएका छन् नयाँ केही देखिन हिजोकै नवउद्दारवादी चिन्तन नै हो । त्यसकै धरातलबाट नै सरकार दौडी रहेको छ ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend