काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जारी केन्द्रीय कमिटी बैठकमा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संगठनमा मनपरी गरेको आरोप लगाउदै उक्त गलत निर्णय सच्याउन माग गरेका हुन् ।
पार्टी अध्यक्ष नेपालले जारी गरेको अपानिमा दोहोरो जिम्मेवारीको नाममा अनेरास्ववियूकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकलाई पदमुक्त गरेका थिए । त्यसपछि अनेरास्ववियूमा समानन्तर कमिटीको अभ्यास भइरहेको थियो । माधव नेपालको यस्तो कदमको विरोध गर्दै सम्मानित नेता खनालले पार्टी नेतृत्वले निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले युवाहरुलाई हाक्न खोजेको आरोप लगाएका छन् ।
उनले केन्द्रिय कमिटी बैठकमा भनेका छन्- ‘समाजवादी चेतना र प्रतिबद्वताले समेत जागरुक बन्दै गरेका युवाहरुलाई निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले हाक्न खोजेर हाँक्न सकिदैन । पार्टी नेतृत्वले जथाभावी डण्डा चलाएर पार्टी चल्न सक्दैन र चलाउन सकिदैन भन्ने कुरा आत्मसात गर्न सक्नुपर्छ । अन्यथा दुर्भाग्यपूर्ण अवस्था आइलाग्ने कुरा अवश्यभावी हुन्छ ।’
शुक्रबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ र केन्दीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend