Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुसी सेना विरुद्ध विद्रोह गर्ने वाग्नर समूहका प्रमुख प्रीगोजिनको विमान दुर्घटनामा मृत्यु


    बिहिबार, भाद्र ७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुसी सेना विरुद्ध विद्रोह गर्ने रुसी भाडाको सेना वाग्नर समूहका प्रमुख येभ्गेनी प्रीगोजिनको विमान दुर्घटनामा मृत्यु भएको छ । उनी चढेको निजी जेट विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।

    रुसको उत्तर पश्चिम क्षेत्रमा भएको विमान दुर्घटनामा प्रीगोजिन पनि परेको रुसी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। अन्तरराष्ट्रिय सञ्चार माध्यमका अनुसार यो दुर्घटना बुधवार दिउँसो मस्कोको उत्तरी क्षेत्रमा भएको हो । यो एम्बरर विमान मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार