Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषद् हेरफेरका लागि ओली-प्रचण्डबीच सघन छलफल जारी


    आइतबार, असोज ११ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा सघन छलफल जारी छ।

    नेकपाका दुई अध्यक्षबीचको छलफल बिहान ९ बजेदेखि चलिरहेको हो । नेकपा सचिवालयले मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय गरेको र यसको जिम्मा अध्यक्षद्वयलाई दिएको थियो । योसँगै दुई बीच नियमित छलफल हुँदै आइरहेको छ । मन्त्रिपरिषद् हेरफेरका लागि हटाइने मन्त्री र नयाँ नियुक्त हुने मन्त्रीका बारे दुई अध्यक्षबीच सघन छलफल भैरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।  

    आजै दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक पनि बस्दैछ। आजको बैठक नियमित नभएकाले यै बैठकमार्फत् हटाइने मन्त्रीलाई राजीनामा दिन लगाइने तयारी रहेको नेकपा निकट स्रोतको दावी छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार