Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भिरबाट लडेर हुम्लामा एक जनाको ज्यान गयो


    मंगलबार, साउन ३० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हुम्ला। हुम्लाको ताँजाकोटमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । घाँस काट्ने क्रममा भिरबाट लडेका ताँजाकोट गाउँपालिका–४ का २२ वर्षीय कर्ण ढकालको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    घाँस काट्न गएका ढकाल ताँजाकोट–४ को पुनलोटे भिरबाट सोमबार दिउँसो नै लडेको हुन सक्ने स्थानीयले बताएका छन् । बेलुका अबेरसम्म घर नआएपछि खोजी गर्दा भिरभन्दा तल मृत अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।

    प्रहरीले भने उक्त घटनाका बारेमा अनुसन्धान गरिरहेको हुम्ला प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार