काठमाडौं । जनता समाजवादी पार्टीका दोस्रो बरियताका अध्यक्ष उपेन्द्र यादव र बरिष्ठ नेता डा. बाबुराम भट्टराई भारतीय राजदूत विनयमोहन क्वात्रालाई भेट्न बिहीबार भारतीय दूताबासमै पुगेका थिए । उनीहरुको भेट केका लागि थियो भन्ने खुलाइएको छैन ।
भारतीय राजदूत क्वात्राको सक्रियता पछिल्ला दिनमा निकै बढेको छ । क्वात्राले २०७७ भदौ २४ मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका थिए । यद्यपि उक्त भेटघाट गोप्य नै राखिएको छ । भदौदेखि असोज पहिलो सातासम्म राजदूत क्वात्राले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत भेटिसकेका छन् ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजदूत क्वात्रालाई भेट गरेको बिषय त उनले सामाजिक संजालमै सार्वजनिक गरेका छन् । प्रवक्ता श्रेष्ठले राजदूत क्वात्रालाई भेट गर्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि राखेको भन्दै पब्लिसिटी गराएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति नेता शेरबहादुर देउवालाई समेत उनले भेटिसकेका छन् ।
भारतीय राजदूत क्वात्राको एक महिनाायताको भेटघाटले द्वन्द्वकालको घटनालाई स्मरण गराएको छ । द्वन्द्वकालमा जुन ढंगले तत्कालीन भारतीय राजदूत श्यामशरणहरुको सक्रियता देखिएको थियो, त्यही झल्को दिनेगरी नेताहरुको भेटघाट बाक्लिन थालेको छ ।
भारतले विगतमा नेपालको राजनीतिदेखि प्रशासनमा समेत सानो भन्दा सानो कुरामा चासो राख्ने गरेको थियो, त्यही झल्को यो एक महिनाको क्वात्राको भेटघाटले दिएको छ । परराष्ट्र मन्त्रालयको अनुमति विना नै नेताहरु भारतीय दूत क्वात्रालाई भेट्न उछिनपाछिन गरिरहेको देखिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend