Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंचाइ विभागमा धर्ना बस्न गएका निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा


    आइतबार, साउन २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेर उनलाई नियन्त्रणमा लिएको हो ।

    बरिष्ठ उपाध्यक्ष एडी लामा, उपाध्यक्ष प्रकाश सेट्टी, खिमप्रकाश मल्ल, उपमहासचिव नरहरी थपलिया, सहकोषाध्यक्ष सन्तोष साह लगायत ५० जना निर्माण व्यवसायीहरु जावलाखेल प्रहरीमा रहेको बताइएको छ ।

    बाँकी रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखेर निर्माण व्यवसायीहरु १४ साउनदेखि निरन्तर आन्दोलनमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार