Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • आन्दोलनरत निर्माण व्यवसायीले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने


    सोमबार, साउन ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज ज्ञापन पत्र बुझाउँदै छ । आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महासंघले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । साथै, सरोकारवाला मन्त्रालयहरूलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने जनाइएको छ ।

    महासंघका अनुसार भोलि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

    झन्डै दुई साता देखी आन्दोलन गरिरहेको महासंघले आफ्ना मागहरू पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार