Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप १ जना पक्राउ


    शुक्रबार, साउन २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बन्ने थप १ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भक्तपुर सिटी हस्पिटलकी डा. पुनम थापा छिन् । उनी गोठाटारबाट पक्राउ परेकी हुन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

    सीआईबीले फोक्सट्रोट चार्ली अपरेसन अन्तर्गत यसअघि ७ जना डाक्टरलाई पक्राउ गरिसकेकाे छ ।

    यस्तै पक्राउ पर्नेमा नेपाली कांग्रेसका सासंद सुनिल शर्मा, महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाह रहेका छन् ।

    यस्तै, ब्यूरोले इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङबाट मनित चौधरीलाई पक्राउ आज पक्राउ गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार