Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस महामन्त्री शशांक कोइराला कोरोना मुक्त


    बिहिबार, असोज ८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना मुक्त भएका छन्। उनका स्वकीय सचिव भरत तिवारीकाअनुसार पुनः काेराेना परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएको हो।  

    कोरोना संक्रमण भएपछि ओम अस्पताल भर्ना भएका कोइराला शनिबार अस्पतालबाट डिस्चार्ज भएका थिए। स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार केही दिन होम आइसोलेशनमै बस्ने गरी उनी डिस्चार्ज भएका थिए।

    महामन्त्री कोइरालामा गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा ज्वरो लगायतका समस्या देखिएपछि भदौ ३१ गते चावहिलस्थित ओम अस्पतालमा राखिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार