काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष, प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ । दुई अध्यक्षबीच आज मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिबारे छलफल हुने बताइएको छ।
प्रम ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु गरिसकेका छन् । यसका लागि उनले सचिवालयमा प्रस्ताव समेत राखिसकेका छन् । यस्तै प्रम ओलीले नै केहीसमयदेखि मन्त्रिपरिषद् परिवर्तन गर्न चाहिरहेको नेकपा स्रोतको दावी छ ।
यो पटक मन्त्रिपरिषद् पुनर्गठनमा दुई वर्ष कार्यकाल पूरा गरेकालाई हटाइने तयारी रहेको बताइन्छ । यस्तै रिक्त रहेको अर्थ, सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री बनाउने तयारी भएको स्रोतले बताएको छ ।
यस्तै ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय फुटाएर ऊर्जा र जलस्रोत तथा सिञ्चाई मन्त्रालय अलगअलग बनाउने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर वाणिज्य तथा आपूर्ति मन्त्रालय अलग्गै बनाउने तयारी समेत रहेको बताइन्छ ।
यी विषयमा दुई अध्यक्षबीच कुरा मिल्नासाथ नै मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । यसका लागि नै दुई अध्यक्षबीच आजको छलफल भएको बुझिएको छ।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend