काठमाडौँ। नुवाकोट, तार्केश्वर गाउँपालिका-४ दर्शनटारस्थित त्रिशुली नदीको किनारमा धादिङ निलकण्ठ नगरपालिका-१४ बस्ने ४२ वर्षीया सरस्वती रिमाल बुधबार मृत अवस्थामा फेला परेकी छन्।
यस्तै कैलाली, गोदावरी नगरपालिका-९ धनचौरी बस्ने ४० वर्षीय रत्न प्रसाद भट्टराई सोही ठाउँस्थित खुटिया खोला नजिक पानी जमेको खाल्डोमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
सोही खोलामा दाउरा निकाल्न भनी गएका उनी घर नफर्किएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो।
बागलुङ, बागलुङ नगरपालिका-१४ ठुलाखर्क बस्ने १९ वर्षीया एलिसा सुनार सोही नगरपालिका-१४ सल्लाघारी भन्ने स्थानदेखि करिब ३ सय मिटर तल बिहीबार मृत अवस्थामा फेला परेकी छन्। घरबाट बुधबार हिँडेकी उनी घर नफर्किएकी भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बागलुङ, ईलाका प्रहरी कार्यालय बलेवा, बिपद ब्यावस्थापन गुल्म बागलुङ र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म समेतबाट संयुक्त रुपमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला पारेको हो। सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
उता सर्लाही, ईश्वरपुर नगरपालिका-१२ अडीस्थित आफन्तकोमा आएको अवस्थामा सिन्धुली कमलामाई नगरपालिका-८ बस्ने २६ वर्षीय प्रशान्त पाख्रिनको पानी खाने क्रममा कुवामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend