Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • कांग्रेस नेता पौडेलको प्रश्न : सरकार जनताको कि पार्टीको ?


    बुधबार, असोज ७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पार्टीको पेवा नभए जनताको हुने बताएका छन्। उनले सरकार सधैं जनताको हुने कुरामा जोड दिएका छन्।

    नेता पौडेलले अहिलेको सरकारलाई सर्वसत्तावादको तानावाना भएको आरोप समेत लगाएका छन् । विशेषगरी संवैधानिक परिषद् र न्याय परिषदलगायतका स्वायत्त निकायमा गर्नुपर्ने नियुक्ति विषयमा एकलौटी अघि बढ्न चाहेको विषयमा उनको भनाई लक्षित रहेको छ ।   

    ‘लोकतन्त्रमा पार्टीको घोषणापत्र र उमेदवार हेरेर जनताले चुने पनि सरकार पार्टीको पेवा हुँदैन, जनताको हुन्छ,’ उनले भनेका छन्, ‘अहिले नेपालको कम्युनिष्ट पार्टीको चालामाला हेर्दा सरकार, संवैधानिक परिषद र न्याय परिषद तथा अन्य स्वायत्त निकायमा गर्नुपर्ने नियुक्तिहरु समेत पार्टीले आफ्नो अनुकुलको रोष्टर बनाएर पार्टीकै निर्देशन बमोजिम गर्नुपर्ने  भन्ने कुरो आएको छ।

    यो भनेको संबैधानिक सर्बोच्चता हैन, सर्वसत्तावाद तिरको तानावाना हो।’  पौडेलले देश  र जनता प्रति हैन नितान्त कम्यूनिष्ट पार्टी प्रति जवाफदेही हुने प्रथा कम्युनिष्ट अधिनायकवादमा मात्र हुने बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार