काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हुम्लाको नाम्खा गाउँपालिकामा चीनले भवन निर्माण गरेको विषयमा सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार बिहान ट्वीटमार्फत् अध्यक्ष थापाले यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानआकर्षण गराएका हुन् । उनले सो क्षेत्रमा चीनले भवन निर्माण गरेको खबर आइरहेकाले उक्त क्षेत्रबाट चिनियाँ सेना फिर्ता पठाउन पनि सरकारसँग माग गरेका छन् ।
‘अतिक्रमित भूमीबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्न समेत प्रधानमन्त्रीको ध्यान आकर्षित गर्दछु’, उनले भनेका छन् ।