Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली–प्रचण्डविरुद्ध तीन वर्षअघि दर्ता भएकाे मुद्दा तामेलीमा राख्न सर्वोच्चको आदेश


    मंगलबार, असोज ६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का  अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेकाे मुद्दा तामेलीमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । अध्यक्षद्वय ओली–प्रचण्डविरूद्द परेको अवहेलनाको मुद्दा तामेलीमा राख्न सर्वोच्च अदालतले आदेश दिएको हाे । 

    मंगलबार सर्वोच्चका न्यायाधिश तेजबहादुर केसीको एकल इजलासले तत्कालिन एमाले र माओवादी केन्द्रका अध्यक्ष रहेका ओली र प्रचण्डविरुद्ध झण्डै ३ वर्षअघि परेको मुद्दा तामेलीमा राख्न आदेश दिएको हो ।

    स्राेतका अनुसार सम्वन्धित व्यक्तिले समय गुजारेकाले उक्त मुद्दालाई तामेलीमा राख्न आदेश भएको हो ।गत २०७४ साल मंसिर १० गते हुने तय भएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छु्टटाछुटटै हुनुपर्ने र मतपत्र समेत फरकफरक हुनुपर्ने मागसहितको रिटमा अदालतको आदेशविरुद्ध अवहेलना हुनेगरी ओली र प्रचण्डले अभिव्यक्ति दिएको भन्दै मुद्दा परेको थियो । 

    २०७४ कार्तिक १३ गते तत्कालीन राजपाका नेता समेत रहेका सर्वेन्द्रनाथ शुक्लाले उक्त मुद्दा दर्ता गरेका थिए । उनले ओली र प्रचण्ड दुवैलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार