Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संवैधानिक परिषद्को बैठक बस्दै, नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी


    बिहिबार, साउन १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्को बैठक बस्दै छ । मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि बैठक आज साँझ ५ बजे बस्ने भएको हो ।

    बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी गरेको बताइएको छ । आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत पहिला झैँ कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना हुने भएपछि संवैधानिक परिषद् बैठक बोलाइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार