Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • नेकपा प्रवक्ताको दावी – नागरिकको टाउको फुटाउने काम सरकारले गर्दैन


    मंगलबार, असोज ६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले जनतामाथि दुर्वयवहार नगर्ने बताएका छन् ।

    मंगलबारको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले सरकारले जनताको टाउको नफुटाउने बताएका हुन् । प्रवक्ता श्रेष्ठले जनतामाथि त्यस्ता किसिमका काम भए दोषी प्रहरीमाथि कारबाही गर्ने बताए ।

    ‘हाम्रो सरकारले त्यस्तो गर्दैन । कहीँ कतै भएको छ भने छानबिन गरेर कारबाही हुन्छ’, उनले भने ।

    पछिल्लो समय प्रहरीले जनतामाथि दुव्र्यवहार गरेको घटना बाहिरिरहेका छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्त गर्नूपर्ने माग राख्दै सडकमा आएका नागरिकमाथि प्रहरीले बल प्रयोग गरिरहेको छ। 

    यस्तै अनशनरत डा. गोविन्द केसीविरुद्ध पनि बल प्रयोग गर्दै उनलाई ट्रमा सेन्टर लगिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार