Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डिल्ली उप्रेतीले बालकोट पुगेर एमाले प्रवेश गरे


    मंगलबार, साउन १६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता डिल्लीप्रसाद उप्रेतीले पार्टी परित्याग गरेर नेकपा एमालेमा भित्रिएका छन् ।

    माधव नेपालको साथ छोडेर उनी पूरानै पार्टी एमालेमा फर्किएका हुन् । पूर्वसांसद रहेका सर्लाहीका उप्रेती पार्टी विभाजन हुँदा माधव नेपालको साथमा उभिएका थिए ।

    हिजो (सोमबार) साँझ एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा पुगेर उनी एमलोमा फर्किएका हुन् ।

    उनलाई पार्टीमा फर्काउनको लागि एमाले नेताहरु हरि उप्रेती, सुमन प्याकुरेललगायत सक्रिय थिए ।

    उप्रेतीले अब मूल घरमा फर्किएकाले सक्रियताका साथ काम गर्ने बताएको जनाईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार