काठमाडौं । करिब सय किलो सुन तस्करीमा मुछिएका विवादास्पद व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मार्दा फेला पार्न नसकी विभागको टोली केही कागजात मात्र लिएर फर्केको छ । कमलपोखरीस्थित अडुकियाको घरमा छापा मारेको विभागको टोलीको नजर मालिगाउँस्थित कारखानामा भने परेको छैन ।
हङकङमा कार्यालय खोलेर सुन तस्करीमा लागेका अडुकियाले चाँदीमा मिसाएर सुन तस्करी गरिरहेका थिए । उनले चाँदीमा मिसाएर ल्याएको सुन छुट्याउन मालीगाउँमा कारखाना खोलेको बताइएको छ । विभागको टोलीले त्यहाँ नपुगी घरमा मात्रै छापा मारेको एक व्यापारीले बताए ।
‘उनले विगत लामो समयदेखि चाँदीको कारोबार गर्दै आएको थियो । विमानस्थल भन्सारमा चाँदीको राजस्व तिरेर सुन ल्याउने र काठमाडौंमा छुट्याउने गरिएको थियो,’ उनले भने । राजस्व अनुसन्धान विभागले खोजी गरिरहेका अडुकियाका बाबुछोराले नै मुलुक छाडेको अनुमान गरिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend