काठमाडौं । सुन्दा पनि अनौठो लाग्ने गरी १ क्विन्टल (सय किलो) सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि सो तस्करी प्रकरणका मुख्य योजनाकारको बारेमा कुनै सूत्र हात लागेको छैन ।
हङकङको क्याथे प्यासिफिकको जहाजबाट ल्याइएको सो सुन भन्सार पास गराएर बाहिर लैजान लाग्दा साउन २ गते राजस्व अनुसन्धान विभागको विशेष टोलीले बरामद गरेको थियो ।
उच्च स्रोतका अनुसार सो तस्करीमा विशेषगरी चीनबाट कारोबार गर्ने, नेपालमा सुन भित्र्याउने र त्यसलाई भारतमा लगेर बिक्री गर्ने तीनवटा मुख्य समूहको संलग्नता रहेको अनुसन्धान अधिकृतहरूको विश्लेषण छ ।
तीनवटै समूहका सहयोगी व्यक्तिहरू पक्राउ परे पनि मुख्य योजनाकरका बारेमा भने अनुसन्धान अधिकृतहरूले हालसम्म कुनै भेउ पाउन नसकेको स्रोतको दाबी छ । यस काण्डको अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभाग र सरोकारवाला सबै सरकारी निकाय बेखबर छन् ।
यद्यपि, छानबिनलाई तीव्रता दिइएकाले मुख्य योजनाकार पत्ता लाग्ने विभागका अधिकारीहरूको दाबी छ । तर, सुन तस्करी प्रकरणको घटना र त्यसअघिको अवस्थालाई समेत विश्लेषण गर्दा विभिन्न खाले प्रश्नहरू सिर्जना हुन पुगेका छन् । अनुसन्धान अधिकृतहरूकै विश्लेषणमा पनि सुन तस्करी निकै योजनाबद्ध रूपमा भएको देखिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend