Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवाद्वारा जनसम्पर्क समिति समन्वय विभागमा थप ३४ जना मनोनयन


    सोमबार, असोज ५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको  जनसम्पर्क समिति समन्वय विभागमा सदस्य मनोनयन गरेका छन्। सभापति देउवाले काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको विभागमा सोमबार ३४ जना सदस्य मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    यसअघि उक्त विभागमा टंक प्रसाद राइ (संखुवासभा) ,अन्जनी श्रेस्ठ (चितवन),जगत बराम (गोरखा) ,बिमल ढकाल (पाल्पा),तप्तबहादुर बिस्ट (सुर्खेत) र बिध्या तिमिल्सिना (बाजुरा) लाई मनोनित गरिएको थियो ।

    सोमबार थप ३४ जनालाई मनोनयन गरिएसँगै जनसम्पर्क समिति समन्वय विभाग ४१ सदस्यीय भएको छ । यता वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने विभाग खारेजीका लागि विरोधका कार्यक्रम बनाइराखेको छ । तर पनि योबीचमा सभापति देउवाले २० वटा विभागलाई करिब पुर्णता दिएका छन् । देउवाले अहिलेसम्म ९ सय बढी कार्यकर्तालाई विभागीय जिम्मेवारी दिएको देखिन्छ । उनी थप ९ वटा विभाग गठनको तयारीमा रहेको बुझिएको छ ।

    मनोनित सदस्यहरु

    १) विरेन्द्रकुमार माझी (मोरङ्ग)

    २) दिलबहादुर गुरुङ्ग (जर्मनी)

    ३) प्रेमध्वज लामा (सिन्धुपाल्चोक)

    ४) जानकीलाल बस्नेत (दाङ्ग)

    ५) कुलप्रसाद गुरुङ्ग (हङकङ)

    ६) नरेन्द्र भाट (डडेलधुरा÷कतार)

    ७) साम्राज्य बिक्रम पाण्डे (कैलाली)

    ८) तिलकबहादुर भण्डारी (रुकुम)

    ९) पेमा निमा शेर्पा (ओखलढुङ्गा)
    १०) भरत गुरुङ्ग (चितवन)

    ११) मनोज मिश्र (धनुषा)

    १२) सुरज नायक (अमेरिका)

    १३) गिरिराज कुँवर (दक्षिण कोरिया)

    १४) श्री सापकोटा (नुवाकोट)

    १५) लवराज दाहाल (काठमाडौं)

    १६) राम श्रेष्ठ (स्याङ्जा)

    १७) नाचोङ गुरुङ्ग (मनाङ्ग)

    १८) विष्णुबहादुर रायमाझी (रुपन्देही)

    १९) दिनामणि पाण्डे (अर्घाखाँची÷भारत)

    २०) कृष्ण सापकोटा (गुल्मी)

    २१) चित्रबहादुर मल्ल (मुगु)

    २२) दिलेन्द्र रावल (कञ्चनपुर)

    २३) प्रज्ञान न्यौपाने (दाङ)

    २४) भरत अर्याल (अमेरिका)

    २५ ) जगदीश न्यौपाने (तनहुँ)

    २६) मनोज भण्डारी (काठमाडौं)

    २७) बद्री अर्याल (धादिङ्ग)

    २८) जगदीश पौडेल (स्याङ्गजा)

    २९) श्री नन्दु पुनु नेपाली (पर्वत हाल काठमाडौं)

    ३०) सन्तोषप्रसाद रिजाल (मलेसिया÷पाँचथर)

    ३१) शेषकान्त पुरी (स्याङ्गजा)

    ३२) जगदीश खाँण .(नवलपुर)

    ३३) जीवन नेपाल (इलाम)

    ३४) श्यामप्रसाद उप्रेती (दोलखा)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार