काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले छलफल तीव्र पारेको छ । यसअघि सोमबारको लागि तोकिएको सचिवालय बैठक स्थगित गरेको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मंगलबारको बैठकबाट मन्त्रिपरिषद् पुनर्गठनको विषय, राजनीतिक तथा संवैधानिक नियुक्तिका लागि बनाउने मापदण्ड लगायतको टुंगो लगाउने सहमति भएको बताइएको छ।
त्यस्तै, पार्टी एकताका बाँकी कामहरूको टुंगो लगाउने योजना पनि सचिवालयले गर्नेछ। पार्टी एकीकरणको काम रोकिनुको असर आधिकारिक ट्रेड युनियनको निर्वाचनमा समेत परेको भन्दै यसलाई प्राथमिकता साथ छलफल भएको स्रोतले बताएको छ ।
अब नेकपा सचिवालय बैठक मंगलबार साढे १२ बजे बस्ने तय भएको छ। सो बैठकले परिवर्तन हुने र नयाँ मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend