काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुनमै १४ औं महाधिवेशन गर्नुपर्ने बताएका छन्।
पाँच महिनामा महाधिवेशनका लागि तयारी गर्न सकिने उल्लेख गर्दै पौडेलले समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन्।
‘बाँकी रहेको पाँच महिना अवधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गरौं भन्ने हो,’ सोमबार विज्ञप्ति निकालेर पौडेलले भनेका छन्, ‘त्यो पनि नगरेर अधिवेशन टार्ने, नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी बचाउन सकिन्छ भन्ने मेरो आशय हो।’
१३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट नयाँ महाधिवेशन गर्न सकिन्छ भन्ने विकल्प प्रस्तुत गरेपछि पौडेलको आलोचना भएको थियो। त्यसबारे प्रष्टाउँदै उनले संकट टार्न विशेष महाधिवेशन गर्न सकिने बताएका हुन्।
पौडेलले महासमिति बैठकमा सुनौलो भविष्यका लागि समयवद्ध काम गर्नुपर्ने लिखित प्रस्ताव नै पेश गरेका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे नियमित कार्यकाल गत वर्ष फागुनमा सकिएको हो। देउवाले विधानअनुसार केन्द्रीय समितिबाट निर्णय गरी फागुन १९ सम्मका लागि म्याद थपेका छन्।
नेता पौडेलले भने एक महिनामा सकिने समायोजनका काम पनि वर्षदिनसम्म नसकेर महाधिवेशन टार्न खोजिएको आशंका पनि गरेका छन्।
‘वर्तमान नेतृत्वको नियत हेर्दा अधिबेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष देखिन्छ। किनभने एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न गराइएको छैन,’ पौडेलले भनेका छन्, ‘समायोजन नै नभएपछि कृयाशील नवीकरण र वितरण त्यसै रोकिएर बस्ने भयो र अधिवेशन नै अन्यौलमा पर्ने स्थिति पैदा भयो।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend