काठमाडौं । सर्वोच्च अदालतले कोसीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति आज रद्द गरिदिएको छ। अदालतको यस निर्णयले थापाको मुख्यमन्त्री पद २२ दिनमा नै गुमेको छ।
मुख्यमन्त्री पद गुमाएका थापाले सात दिनभित्र पुनः गठबन्धनको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
उनले आफ्नो नेतृत्व सरकारको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूलाई मान्य भएको पनि बताए ।
“सर्वोच्चले गरेको निर्णय मेरो लागि स्वीकार्य छ । हामी ऐन नियम कानुन संविधान मान्ने पार्टी व्यक्ति हौँ । सर्वोच्चको श्रीमान्हरूले गरेको निर्णयलाई मैले गलत छ भन्न मिल्दैन, जे निर्णय भएको छ, त्यो ठिक छ,” उनले भने, “त्यो निर्णयप्रति मेरो समर्थन छ, बाँकी कुनै प्रतिक्रिया छैन ।”
सर्वोच्चले सात दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आदेश दिएको छ । अब पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने उनको दाबी छ ।
“पुनः प्रक्रियाबाट आउनुपर्छ, गठबन्धनबाट कांग्रेसले नै नेतृत्व लिएर तोकिएको समयभित्र सरकार बनाउँछ,” उनले भने ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend