Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस सांसद नै भन्छन्–सुनतस्करीमा अर्थमन्त्री महत नै संलग्न छन्, राजीनामा दिनुपर्छ


    बिहिबार, साउन ११ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भइसकेपछि बरामद भएको १ क्वीन्टल सुन तस्करीमा अर्थमन्त्री डा. प्रकाशशरण महतकै संलग्नता रहेको ठोकुवा नेपाली कांग्रेसकै सांसदले गरेका छन् ।

    मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा. सुनिल शर्माले बुधबार सार्वजनिक रुपमै अर्थमन्त्री महतलाई सुन तस्करीमा संलग्न भएको आरोप लगाएका छन् । उनले अर्थमन्त्री र गृहमन्त्रीले पहिला राजीनामा दिनुपर्ने बताएका छन् । सुन तस्करीमा मूख्य भूमिका भएका अर्थमन्त्रीले राजीनामा नदिए आमरण अनसन नै बस्ने घोषणा प्रतिनिधिसभामा बोल्ने क्रममा बुधबार गरेका छन् ।

    शर्माले भनेका छन्–अहिलेको अर्थमन्त्री तिल्मिलाएका छन्, आत्तिएका छन् । अपराधमा सामेल भएकाले उनी आत्तिएका हुन् । अर्थमन्त्री सुन तस्करीमा संलग्न छन् भन्ने प्रमाणित नै गर्ने उनले बताए । शर्माले भने, २०७९ चैत १७ गते डा. महत अर्थमन्त्रीले सपथ लिए । बैशाख २० गते अर्थ सचिव तोयम रायालाई हटाइयो विनाकारण । अर्थसचिवले तस्करीमा सहयोग नगरेको कारण हुनसक्छ । नत्र किन सरुवा गर्नुपर्यो ? भन्सार कार्यालयको चिफ जेठ १७ गते परिवर्तन गर्नुभयो । विमानस्थल भन्सारका प्रमुखले सीसीटीभी गोप्य कोठामा राखिएको छ । त्यो कोठामा हामी छिर्न पाउँदैनौं ।

    शर्माले भनेका छन्–नेपाल प्रहरीको डीआईजीको नेतृत्वमा प्रहरी तैनाथ छ । राष्ट्रिय अनुसन्धानसहित बिभिन्न १७–१८ वटा टोली परिचालित छन् । अनि सुन चाहिँ विमानस्थलबाट पास भइसकेपछि सिनामंगलको हाईवेमा बरामद हुन्छ । त्यो बरामद पनि नेपालका निकायको सूचना अनुसार होइन, राष्ट्रिय अन्तर्राष्ट्रिय खुफिया एजेन्सीको सहयोगमा बरामद भएको भन्ने छ । शर्मा अगाडि भन्छन्–आफ्नो गोदाममा हुँदा सुन बरामद नगर्ने, हाइवेबाट बरामद भएपछि अर्थमन्त्री र गृहमन्त्री एक सेकेन्ड पदमा बस्न मिल्दैन ।’

    सांसद शर्मा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र बिराटनगरको नोबेल मेडिकल कलेजका साहु हुन् । उनी कांग्रेसका नेता डा. शेखर कोइरालानिकट सांसदका रुपमा चिनिन्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार