Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिका लैजान्छु भनेर नेपालीलाई बन्धक बनाएको आरोपमा एक जना पक्राउ


    सोमबार, साउन ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिका लैजान्छु भनेर नेपाली नागरिकलाई अर्को देशमा लगेर बन्धक बनाएको आरोपमा एक जना पक्राउ परेका छन्। कास्कीको पोखरा उप–महानगरपालिका–२७ घर भएर काठमाडौं बस्ने ३४ वर्षीय कमल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    ‘अमेरिका सपना’ देखाएर आरोपीले पीडितलाई भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर र फिलिपिन्स लगायतका देशमा लगेर बन्धक बनाउने गरेको प्रहरीको अनुसन्धान खुलेको छ ।

    विभिन्न मुलुकमा लगेर बन्धक बनाइएका पीडितहरु फर्केर कमल तामाङको विरुद्ध उजुरी गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार