Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपाको निर्णय, नयाँ मन्त्रीको नाममा भने छलफल नै भएन


    आइतबार, असोज ४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ । 

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आइतवार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर हट्ने मन्त्री र नयाँ मन्त्रीको बारेमा कुनै छलफल नभएको उनले बताए । 

    २०७५ जेठ ३ गते पार्टी एकता पछि नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बसेको हो ।

    बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका सबै सदस्यहरु बैठकमा उपस्थित थिए । 

    भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकले चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

    यस्तैगरी आजको बैठकमा संवैधानिक आयोगको राजनीतिक नियुक्ति, पार्टी एकीकरणका बाँकी काम र संगठन र विभागबारे समेत छलफल भएको प्रवक्ता श्रेष्ठले बताए।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार