Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीएसपी र इन्स्पेक्टर प्रहरी कार्यालयमै कुटिए, कुटपिटमा संलग्नलाई छाड्दै एसपी


    मंगलबार, साउन २ २०८०
    4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • कलैया । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहमाथि गालीगलौज र हातपात गर्नेहरुलाई छाड्ने चलखेल भएको छ । मंगलबार साँझ कलैया उपमहनगरपालिकाको औढापुरमा दलित समुदाय र यादवहरुबीच विवाद भएपछि प्रहरी पुगेको थियो ।

    दलितमाथि कुटपिट गरेको पाइएपछि घटनामा संलग्नहरुलाई प्रहरी निरीक्षक रुपेश साहको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको छ । कुटपिट गर्नेहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेपछि नेपाली कांग्रेसका जसपाका रामकिशोर यादव, भैयाराम यादव र एमालेका धु्र्रव यादवले दलितमाथि कुटपीट गर्नेहरुलाई थुन्न नपाउने भन्दै इन्स्पेक्टर साहलाई गालीगलौज गर्न थाले ।

    बाराका एसपी होविन्द्र बोगटी कार्यालयमा नभएकाले डीएसपी पुरुषोत्तम पाण्डेले यथार्थ बुझ्न प्रयास गर्दा उल्टै गाली मात्र होइन, हातपात नै गर्न खोजेपछि स्थिति निकै तनावपूर्ण भएको थियो । प्रहरी अधिकृतमाथि नै हातपात भएपछि भैयाराम र ध्रुव यादवलाई हिरासतमा राखिएको छ । तर बाराका ठूला पार्टीका नेताहरुको दबाबमा दलितहरुमाथि कुटपिट गर्नेहरुलाई एसपी बोगटीले छाड्ने तयारी गरेका छन् ।

    प्रहरीका डीएसपीमाथि दुब्र्यवहार गर्ने र दलितलाई कुटपिट गर्नेहरुलाई छाड्ने तयारी गरेकोबारे एसपी बोगटीले भने–‘हातपात भएको होइन, चर्काचर्की भएको हो, कुराकानी भइरहेको छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार