काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध कायमै छ । नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा आज पनि अवरोध गरिएको हो ।
मंगलबार पनि बिहानैदेखि आक्रोशित स्थानीयवासी फोहोर फाल्न नदिने भन्दै सडकमा उत्रिएका छन् । आन्दोलनरत उनीहरूले फोहोर बोकेका गाडीलाई अगाडि बढ्न नदिन बाटो छेकेका प्रहरीले जनाएको छ । स्थानीयले बिहानैदेखि विरोध शुरू गरेपछि फोहर लिएर गएका गाडी रोकिएका हुन् ।
हिजोदेखि पुनः स्थानीय आन्दोलित भएका हुन् । नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासीले फोहोर बोकेका गाडीलाई बाटो बन्द गरेका छन् ।
“स्थानीयवासी बिहानैदेखि सडकमा आएर बाटो बन्द गरेका छन् । सडकमा यति बेला बन्दकर्ता १०/१२ जना देखिएको छ,” नुवाकोट प्रहरी स्रोतले भन्यो, “आज काठमाडौंबाटै फोहोर बोकेका गाडी यता आएका छैनन् ।”
धुनीबेँसी–१ र ककनी–२ को सीमामा पर्ने पुलमा स्थानीयले अवरोध गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फोहोर बोकेर हिजो त्यसतर्फ गएका गाडी त्यहीँ सडकछेउमा पार्किङ गरेर राखिएका छन् । फोहोर बोकेका ५०/६० गाडी त्यसरी पार्किङ गरेर राखिएका प्रहरीले जनाएको छ ।
“बन्दकर्ता भएका ठाउँमा फोहोरका गाडी छैनन् । बन्दकर्ता रहेका स्थानभन्दा ५०० मिटरजति परबाट सडकछेउमा गाडी पार्किङ गरिएको छ,” प्रहरी स्रोतले भन्यो ।
स्थानीय आफैँ सडकमा उत्रिएर काठमाडौंबाट गएका फोहोर बोकेका गाडीलाई अघि बढ्न नदिएको धुनीबेँसी–१ का वडाध्यक्ष मानबहादुर तामाङको भनाइ छ ।
संघ सरकार र काठमाडौं महानगरपालिकासित यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेको उनले बताए ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend