काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक विकास सल्लाहकार लालशंकर घिमिरेलाई योजना आयोगको सदस्यको जिम्मेवारी दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीबाट राजीनामा दिनासाथ डा. युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिसकेका छन् । खतिवडालाई विशेष आर्थिक सल्लाहकार बनाएकाले घिमिरेलाई योजना आयोगमा सेटल गर्ने पक्षमा प्रधानमन्त्री ओली छन् । घिमिरे प्रधानमन्त्री कार्यालयको सचिवबाट अवकाश भएपछि उनलाई ओलीले आर्थिक विकास सल्लाहकार बनाएका थिए । नेपाल सरकारको प्रथम श्रेणी र विशिष्ट श्रेणीबाट अवकाश पाएका प्रशासकहरुमध्ये कतिपयले प्रायः नियुक्ति पाउने गरेका छन् ।
प्रधानमन्त्री कार्यालयको बेबसाइटमा घिमिरेको नाम अहिले पनि आर्थिक विकास सल्लाहकारकै रुपमा छ । र, मन्त्री सरहको सुविधा पाउनेगरी नियुक्त भएका विशेष आर्थिक सल्लाहकार खतिवडाको नाम शनिबारसम्म पनि राखिएको छैन । खतिवडाको नियुक्ति २०७७ भदौ २९ को मन्त्रिपरिषद बैठकले गरेको हो ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend