Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन थापा भन्छन्- साथीहरूले साथ दिए संसदीय दलको नेता परिवर्तनको प्रयास गर्छु


    शनिबार, असार ३० २०८०
    1.8K
    Shares
    df]/ª,@( df3 -/f;;_Mg]kfnL sfªu|]; lj/f6gu/ dxfgu/kflnsf ;ldltåf/f ljxLaf/ oxfF cfof]lht …jt{dfg /fhgLlts cj:yf ;+j}wflgs ;Í6 o;sf] lgsf; / cfhsf] cj:yfÚ ljifos ljrf/ uf]i7Ldf af]Nb} g]kfnL sfªu|];sf s]Gb|Lo ;b:o uug yfkf. t:aL/ Mdgf]h bfxfn–/f;;
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने प्रयास गर्ने दाबी गरेका छन्।

    विराटनगरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुन: प्रयास गर्नु स्वभाविकै भएको उल्लेख गरे ।

    ‘म त दलको नेतामा लडेको मान्छे हुँ । हुनुपर्छ भनेरै प्रयास गरेको हो । मेरो निरन्तर कोसिस हुन्छ ,’ पत्रकारको प्रश्नमा उनले भने, ‘साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएपछि अवश्य प्रयास हुन्छ ।’

    महामन्त्री थापाले कांग्रेस संसदीय दलको विधानमै नेता परिवर्तन गर्ने ठाउँ रहेको स्मरण गराउँदै संख्या पुगेको खण्डमा परिवर्तन गर्ने बताए ।

    गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा हालका दलका नेता शेरबहादुर देउवाले नै संख्या पुर्‍याएर नेता बनेको बताउँदै उनले यो सुविधा रहेको बताए ।

    साथै उनले अब पार्टी केन्द्रीय समिति बैठक नसर्ने दाबीसमेत गरे असारको अन्तिम सातादेखि सुरु गर्ने भनिएको बैठक सांसदहरूको व्यस्थताका कारण सरेको भन्दै उनले साउन २ गतेदेखि सुरु हुने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार