काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिइरहेको भिडियो बाहिरिएको छ ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उक्त भिडियोमा जवान रायले रुँदै ‘मैले रक्सी खाँदिन, मलाई यसरी किन यातना दिनुहुन्छ ? कानै सुन्निने गरि किन पिट्नु हुन्छ ?’ भन्दै छन् । प्रहरी निरीक्षक राई हुन् वा अर्कै अधिकृतले यस (राय)लाई हात खोलेर मेडिकल गर्न लैजा भनेर निर्देशन दिएको सुनिन्छ ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकुनन्द ईवा लिम्बु मिटिङ रहेको उनको अंगरक्षकले बताए । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराई बुधबार निरीक्षणमा सिरहा पुगेका छन् ।
उनी ब्रिफिङका रहेको भन्दै सहयोगीले पछि सम्पर्क गर्न सुझाए । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले आफुले उक्त भिडियो हेरेको र यसबारे के भएको भनेर बुझ्ने काम गरिरहेको बताए । उनले भने, ‘मैले पनि भर्खरे थाहापाएँ, सत्यतथ्य के रहेछ, बुझ्दै छु ।’
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend