Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेलिकप्टर दुर्घटना : सबै शव काठमाडौं ल्याइयो, त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिँदै


    मंगलबार, असार २६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौं ल्याइएको छ । अल्टिच्युट एअको दुई हेलिकप्टमार्फत मृतकको शव काठमाडौं ल्याइएको हो ।

    प्रहरीका अनुसार शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिँदै छ । सुरुमा ४ जनाको शव ल्याइएको थियो । दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

    मंगलबार बिहान भएको हेलिकप्टर दुर्घटनामा एक चालक र ५ जना यात्रुको मृत्यु भएको छ । यात्रु सबै मेक्सिकन नागरिक हुन् । उनीहरु माउन्टेन फ्लाइटका लागि खुम्बु क्षेत्रमा पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार