Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेलिकप्टर दुर्घटनामा परी घाइते भएका मनाङ एयरका पाइलट शेढाईंको निधन


    बुधबार, कार्तिक ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको उपचारको क्रममा निधन भएको छ। हेलिकप्टर दुर्घटनामा घाइते भएका उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो।

    नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ।

    उनले चलाएको हेलिकोप्टर गत असोज २७ गते बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं गम्भीर घाइते भएका थिए।

    सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार