Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • काठमाडौं उपत्यकामा थपिए ६१८ संक्रमित


    बिहिबार, असोज १ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय १८ जना संक्रमित थपिएका छन्। यसमध्ये काठमाडौंका मात्र ५ सय ७ जना रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ६४ महिला र ३ सय ४३ पुरष, भक्तपुरमा २९ महिला र २१ पुरुष तथा ललितपुरमा ३१ महिला र ३० पुरुषमा संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टायता देशभर भने १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको मन्त्रालयले जनाएको छ। 

    मन्त्रालयले दिएको जानकारी अनुसार हाल मुलुकमा १६ हजार २ सय ४१ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ७ हजार ९ सय ३ जना संस्थागत आइसोलेशनमा र बाँकी होम आइसोलेसनमा रहेका छन्।

    पछिल्लो २४ घण्टायता कोरोनाबाट ४ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ४३ जना निको भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ।

    हाल क्वारेन्टिनमा ७ हजार ८ सय ८३ जना रहेका छन्। पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ वटा पीसीआर नमूना परीक्षण भएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार