Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • मण्डिखाटारमा गम्भीर दुर्घटना, कारले ठोकेर पोल भाँच्‍नेलाई प्रहरीले दियो उन्मुक्ति


    बिहिबार, असोज १ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंको मण्डिखाटारमा बुधबार राति गम्भीर दुर्घटना भएको छ । नवीन पोखरेलले चलाएको प्रदेश नम्बर ३-०१-०२२ च ६७५३ नम्बरको कार पोलमा ठोक्किँदा सो दुर्घटना भएको हो । 

    कारले बेस्सरी ठक्कर दिएको पोल भाँचिएको छ भने कारमा पनि क्षति पुगेको छ । घटनामा कुने मानवीय क्षति भने भएको छैन । चालकले मापसे गरेर गाडी चलाएकाले दुर्घटना भएको प्रहरी स्रोतले बताएको छ । 

    तर उनलाई प्रहरीले भने पक्राउ गरेको छैन । आइएमएस कन्सल्टेन्सीका चिफ अपरेसन अफिसरको रुपमा कार्यरत उनी शक्तिकेन्द्रको आडमा पक्राउ नपरेको बताइएको छ । 

    ती स्रोतका अनुसार एक डीआईजीको  दबाबमा प्रहरीले  उनलाई पक्राउ गरेको छैन । गम्भीर दुर्घटना गराएका उनलाई उन्मुक्ति दिन उनीसँग पोलको क्षति भराउने सम्झौता गर्न लागेको बताइएको छ । 

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बिजुलीको पोलको क्षति भएको लागत चालकसँग असुल गर्नेगरी सम्झौता गरिन लागेको बताए।

    बिहान बाटोमा कारले बिजुलीको पोल ढालेको देखेर सर्वसाधारणले तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेपछि मात्र प्रहरीले कार लगेको थियो। दुर्घटनाग्रस्त कारलाई अहिले सुकेधारा ट्राफिक बिटमा राखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार