काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । बिहीबार ट्वीट मार्फत् शुभकामनाले प्रम ओलीले मोदीको सुस्वास्थ र दीर्घायुको कामना गरेका छन् । माेदीले बिहीबार आफ्नो ७० औं जन्मदिन हो।
जवाफमा भारतीय प्रम मोदीले नेपालसँगको ऐतिहासिक र सांस्कृतिक सम्बन्धको आधारमा दुई देशबीचको सम्बन्ध थप बलियाे हुने विश्वास व्यक्त गरेका छन्।
नेपाल र भारतको बिग्रेको सम्बन्धमा पछिल्लो समय सुधारको संकेत देखिएको छ । यसअघि भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रम ओली र मोदीबीच टेलिफोन सम्वाद समेत भएको थियो ।
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्ध चिसिएको थियो। सम्बन्धमा औपचारिक सुधार देखिएपनि दुबै देशबाट विवाद समाधानको लागि भने अहिलेसम्म कुनै ठोस कदम भने चल्न सकेको छैन ।
