Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लम्पी स्किन रोगबाट अर्घाखाँचीमा १ सय २७ गाईगोरु मरे


    सोमबार, असार २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • अर्घाखाँची। अर्घाखाँची जिल्लामा दुई महिनादेखि किसानले पालेका पशुमा लम्पी स्किन रोग(छालामा हुने गिर्खे रोग)को संक्रमणबाट १ सय २७ वटा गाईगोरु मरेका छन् । शरीरमा फोका आउने, ज्वरो आउने र खुट्टा सुन्निने लक्षणसहित यो रोगबाट पशु मरेका हुन् ।

    दुहुना, ब्याउने गाई मर्दा किसानलाई लाखौं रुपैयाँको क्षति भएको छ । पाणिनि गाउँपालिकामा ३४, शितगंगामा ३०, भूमिकास्थानमा २८, सन्धिखर्कमा १८ मालारानीमा १२ र छत्रदेवमा ५ वटा गाईगोरु मरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख विष्णुप्रसाद पौडेलले बताए । यो संक्रमण रोग लागेपछि दुहुना गाईभैंसीले दूध ५० प्रतिशत घटाउने उनले बताए ।

    अहिलेसम्म स्थानीय तहको पशु विकास शाखाबाट ४ हजार संक्रमित गाईभैंसीको उपचार गरिएको छ । अहिलेसम्म छत्रदेवमा ५ सय र पाणिनिमा २ सय ५० जना गाईभैंसीलाई खोप लगाइएको छ ।

    ‘यो संक्रमणबाट पशुलाई जोगाउने उपाय खोप हो,’ उनले भने, ‘अहिले खोप अभाव छ । मन्त्रालयमा खोप पठाइदिन माग गरेको छौं ।’ यसलाई बेलैमा खोप नलगाए महामारीको रुप लिन सक्ने उनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार