काठमाडौं । दुई दिन स्थिर रहेको सुनको मूल्य बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य बिहीबार तोलामा नौ सय घटेर ९६ हजार ६ सय कायम भएको छ।
बुधबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार पाँच सय थियो।
तेजावी सुनको मूल्य पनि तोलामा नौ सयले घटेर ९६ हजार १ सय कायम भएको छ। बुधबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार थियो।
यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय २० कायम भएको छ।