काठमाडौं । समयमै दुई प्रसारण लाइन नबन्दा विद्युत् प्रवाह अवरोध छ। वर्षायाममा विद्युत् फालाफाल हुँदा पनि बत्ती जाने, उद्योगमा नियमित आपूर्ति नहुने समस्या बढ्दो छ। विद्युत् उत्पादन नभएरभन्दा पनि प्रसारण लाइन नबन्दा बिजुली आपूर्तिमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
हेटौंडा–ढल्केवर–इनरुवा ४ सय केभी, हेटौंडा–भरतपुर–बदघाट २२० केभी आयोजना तीन वर्षमा पूरा हुनुपर्नेमा दशकसम्म पनि निर्माण सम्पन्न भएको छैन। लामो समयदेखि यी प्रसारण लाइन निर्माण सम्पन्न हुन नसक्दा प्रणालीमा समस्या देखिएको प्राधिकरण प्रसारण लाइन प्रमुख दीर्घायु श्रेष्ठ बताउँछन्।
‘लामो समयदेखि निर्माण सम्पन्न हुन सकेको छैन। स्थानीयको अवरोध र अदालतको स्टे अर्डरले गर्दा आयोजनाको काम लम्बिएको छ। यी लाइन भइदिएको भए सिस्टमलाई बल हुन्थ्यो,’ उनले थपे।
अहिले पूर्व र पश्चिम जोड्ने पुरानो लाइनबाट करिब ८० मेगावाट मात्र विद्युत् प्रसार भइरहेको छ। अहिलेको नयाँ लाइन बढी क्षमताको छ। करिब तीन सय मेगावाट बिजुली प्रसार हुन सक्छ। यस्तै, ढल्केवरमा आएको बिजुलीलाई पश्चिम लैजानका लागि पनि चार सय केभीको लाइन आवश्यक छ।
अहिले हेटौंडाबाट पश्चिम जाने १३२ केभीका लाइनहरू मात्र भएकोले यस क्षेत्रका उद्योगहरूमा नियमित बिजुली जान सकिरहेको छैन। एकातिर बिजुलीको नियमित आपूर्ति हुन सकेको छैन भने अर्कोतिर निजी प्रवद्र्धकको सबै उत्पादन किन्न सक्ने अवस्थामा प्राधिकरण छैन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend