काठमाडौं । समयमै दुई प्रसारण लाइन नबन्दा विद्युत् प्रवाह अवरोध छ। वर्षायाममा विद्युत् फालाफाल हुँदा पनि बत्ती जाने, उद्योगमा नियमित आपूर्ति नहुने समस्या बढ्दो छ। विद्युत् उत्पादन नभएरभन्दा पनि प्रसारण लाइन नबन्दा बिजुली आपूर्तिमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
हेटौंडा–ढल्केवर–इनरुवा ४ सय केभी, हेटौंडा–भरतपुर–बदघाट २२० केभी आयोजना तीन वर्षमा पूरा हुनुपर्नेमा दशकसम्म पनि निर्माण सम्पन्न भएको छैन। लामो समयदेखि यी प्रसारण लाइन निर्माण सम्पन्न हुन नसक्दा प्रणालीमा समस्या देखिएको प्राधिकरण प्रसारण लाइन प्रमुख दीर्घायु श्रेष्ठ बताउँछन्।
‘लामो समयदेखि निर्माण सम्पन्न हुन सकेको छैन। स्थानीयको अवरोध र अदालतको स्टे अर्डरले गर्दा आयोजनाको काम लम्बिएको छ। यी लाइन भइदिएको भए सिस्टमलाई बल हुन्थ्यो,’ उनले थपे।
अहिले पूर्व र पश्चिम जोड्ने पुरानो लाइनबाट करिब ८० मेगावाट मात्र विद्युत् प्रसार भइरहेको छ। अहिलेको नयाँ लाइन बढी क्षमताको छ। करिब तीन सय मेगावाट बिजुली प्रसार हुन सक्छ। यस्तै, ढल्केवरमा आएको बिजुलीलाई पश्चिम लैजानका लागि पनि चार सय केभीको लाइन आवश्यक छ।
अहिले हेटौंडाबाट पश्चिम जाने १३२ केभीका लाइनहरू मात्र भएकोले यस क्षेत्रका उद्योगहरूमा नियमित बिजुली जान सकिरहेको छैन। एकातिर बिजुलीको नियमित आपूर्ति हुन सकेको छैन भने अर्कोतिर निजी प्रवद्र्धकको सबै उत्पादन किन्न सक्ने अवस्थामा प्राधिकरण छैन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend