Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • ललिता निवास प्रकरण : हिरासतमा रहेका मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट भट्टराई र फुयालको इजलासमा


    मंगलबार, असार १९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह लगायतको रिट निवेदनमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) को हिरासतमा रहेका उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए । यस रिट निवेदन आज न्यायाधीशद्वउ डा. आनन्दमोहन भट्टराई र हरिप्रयाद फुयालको इजलासमा सुनुवाइ हुने भएको हो ।

    यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाउ आदेश जारी भएको थियो ।

    इजलासले निवेदकको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो भन्ने सन्दर्भमा मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार