Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललिता निवास जग्गा प्रकरणमा नक्कली मोही बनेर जग्गा हडप्ने २ जना पक्राउ


    सोमबार, साउन ८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कागजात कीर्ते गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेचमा संलग्न भएको आरोपमा आज पनि थप दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन्।

    उनीहरु नक्कली मोही बनेर उक्त सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए। उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट आज दिउँसो पक्राउ गरिएको हो।

    योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्।

    यसअघि शुक्रबार सर्वोच्च अदालतले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको थियो। अहिले उनलाई हिरासतमा नराखी नै अनुसन्धान भइरहेको हो।

    राउतले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

    भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले पनि उक्त रिट दायर गरेका थिए। तर उनीहरूलाई सर्वोच्चले थुनामुक्त गरेको थिएन।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार