काठमाडौं । वीर अस्पतालको अत्याधुनिक जलन उपचार कक्ष साउन महिनाभित्रै सञ्चालन हुने भएको छ। नर्सिङ जनशक्तिको अभाव देखाउँदै सञ्चालनमा आउन नसकेको जलन उपचार कक्ष लोकसेवा आयोगले वीर अस्पतालकै लागि २९५ जना नर्स छनोट गरेर पठाएसँगै सञ्चालनमा आउने निश्चित भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीरमा अत्याधुनिक जलन उपचार कक्ष तत्काल सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। गोरखापत्रसँग कुरा गर्दै स्वास्थ्यमन्त्री बस्नेतले त्यसका लागि दुई करोड ५० लाख रुपियाँको बजेटसमेत व्यवस्था भइसकेको बताए ।
उनले नेपालमा अत्यावश्यक जलन अस्पताल आवश्यक भए पनि तत्काल वीर अस्पतालमा २५ शय्याको जलन उपचार कक्ष निर्माण गरी सञ्चालन गरिने जानकारी दिए । मन्त्री बस्नेतले कम्तीमा वीर अस्पतालमा जलन उपचार कक्ष भएमा गरिब तथा दुःखीले उपचार नपाएर छटपटाउने अवस्था नआउने बताए ।
दैलेखमा काम गर्ने कामदार जलेर उपचार गर्न नपाउँदा आफू जमानी बसेर कीर्तिपुरमा उपचार गराएको स्मरण गर्दै उनले भने, “वीरमा अत्याधुनिक जलन उपचार कक्ष निर्माण भइदिएको भए उनीहरूले सहजै निःशुल्क उपचार पाउन सक्ने ग्यारेन्टी हुने थियो।”
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा जलन उपचारका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले नर्सिङ जनशक्तिको अभाव पूर्ति भएकाले वीरमा अत्याधुनिक जलन उपचार कक्ष साउनबाटै सञ्चालनमा आउने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend