प्रकृति अधिकारी
२०७९ सालको एसईईको नतिजा सम्भवतः यसै सातामा भइजाला । नतिजाका बखत विद्यार्थी, अभिभावक तथा शिक्षकलाई निकै तनाउ सिर्जना हुन्छ । कुनै बेला गोरखापत्र र रेडियो नेपाल नतिजा प्राप्तिको माध्यम थियो । अब सूचना प्रविधिको विकाससँगै इन्टरनेट र मोबाइल फोनबाट क्षणभरमा नतिजा थाहा हुनसक्छ । तर बितेका केही बर्षयता सूचना प्रविधिको पहुँच हुँदाहुँदै पनि विद्यार्थीले सास्ती भोग्नु परेको छ । शुल्क तिर्नुपरेको छ ।
अनलाइन वा एसएमएसबाट नतिजा प्रकाशनका लागि विभिन्न संस्थासँग निवेदन माग गर्ने गरिएको छ र उनीहरुलाई उपलब्ध गराउने गरिएको छ । नेपाल टेलिकमलाई ग्रेडसिट (लब्धाङ्कपत्र) नै उपलब्ध गराइन्छ तर अन्य संस्थालाई जीपीएमात्र देख्न मिल्ने नतिजा उपलब्ध गराइन्छ । जबकि अन्य संस्थाले नेपाल टेलिकमले तिरेकै सरह रकम बुझाउनुपर्छ । यसबाट विद्यार्थीले दोहोरो झन्झट व्यहोर्नुपरेको छ । सुरुमा अन्य संस्थाको वेबसाइटमा गएर जीपीए थाहा पाउँछन् र त्यसपछि नेपाल टेलिकमको बेबसाइट वा एसएमएस सेवाबाट ग्रेडसिट हेर्न पाउँछन् । यस्तो हुनु विद्यार्थीमाथिको अन्याय हो ।
नेपाल टेलिकमले नतिजालाई छिटो वेबसाइटमा राख्दैन । ऊ व्यापार गर्न बसेको संस्था हो । उसले सुरुमा एसएमएस सेवा थाल्छ । किनकि त्यसबाट उसले त्यसबखत करोडौँ रुपियाँ आर्जन गर्छ । त्यसपछिमात्र नतिजालाई वेबसाइटमा अपलोड गर्छ । यो त न्याय भएन नि । विद्यार्थीको नतिजामाथि व्यापार गर्ने तरिका स्वीकार्य हुनै सक्दैन । व्यापार गर्ने अरु बाटा छन्, विद्यार्थीको नतिजा उपलब्ध गराउनु सेवा पो हो त । सकिन्छ भने एसईईको नतिजा निःशुल्कमा एसएमएसमा उपलब्ध गराउनुपर्छ ।
निजी क्षेत्रका अन्य सेवा प्रदायक संस्था जसले निवेदन दिएका छन् तिनलाई कडाइ गरौँ न । बरु जसले उपलब्ध गराइएको नतिजाको दुरुपयोग गरे वा गोपनीयता कायम गर्न सकेनन् वा नतिजा प्रकाशनका बखत त्रुटि गरेमा आइन्दा नतिजा उपलब्ध नगराउने भनी प्रतिबन्ध लगाउने तरिका छन् । वा अन्य कारवाहीका उपाय छन् ।
नतिजा सार्वजनिक भए लगत्तै नतिजा हेर्न वा थाहा पाउन विद्यार्थीको छटपटी निकै बढ्छ । एकैपटक लाखौँले हेर्ने भएकाले कतिपय वेबसाइट ह्याङ हुने सम्भावना रहन्छ । एउटा नभए अर्को, अर्को नभए अर्को हेर्ने अवस्था रहन्छ तर जुन वेबसाइटबाट उनीहरुले नतिजा थाहा पाउँछन् आधा मात्र नतिजा थाहा पाउने व्यवस्था गर्नु राष्ट्रिय परीक्षा बोर्डका लागि नसुहाउने काम हो । जुन वेबसाइटबाट उनीहरुले नतिजा हेर्छन् त्यसमा पूर्ण नतिजा उपलब्ध हुनुपर्छ । आधा एउटामा र आधा अर्काेमा गई हेर्नुपर्छ भन्ने संदेश जाँदा विदेशीहरु कति हाँस्दा हुन् । होइन, सबै दिँदा दुरुपयोग हुन्छ भन्ने लागेमा नेपाल टेलिकम बाहेकलाई नदिए भैगो नि । किन अरुसँग निवेदन माग्ने र रकम असुल्ने ?
तसर्थ दुई वर्षअघिसम्म रहेको व्यवस्थालाई पुनः कायम गरिदिएर विद्यार्थीमाथि न्याय गरिदिनुपर्छ । अन्यथा बोर्डका पदाधिकारी र नेपाल टेलिकमबीच मिलेमतो हुने गरेको आरोप यसपटक पनि कायम रहनेछ । त्यो आरोप गलत सावित गर्ने यो अवसर पनि हो है ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend