Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री ज्वालाको निर्देशन: बाढी प्रभावित क्षेत्रका पूर्वाधार निर्माणमा ढिलाइ नगर्नु


    शनिबार, असार १६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गत असार ३ गतेको बाढीपहिरोले प्रभावित क्षेत्रका पुलसहित पूर्वाधार निर्माणका काममा ढिलाइ नगर्न निर्देशन दिएका छन् ।

    बाढी आएको १४ दिन पश्चात् स्थलगत अवलोकन गर्न पाँचथर पुगेका मन्त्री ज्वालाले शनिबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो निर्देशन दिएका हुन् ।

    ‘‘पाँचथरका तीनवटा स्थानीय तह र सिङ्गो ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज निर्माणमा ढिलाइ हुनु दुःखद हो,’’ मन्त्री ज्वालाले भने । सरकारले सात दिनभित्रै बेलिब्रिज सञ्चालन हुने गरी वातावरण बनाउन बजेट व्यवस्थापनसँगै सहरी डिभिजन इलामलाई निर्देशन दिएको थियो ।

    यद्यपि १५ दिन बितिसक्दा जग मात्रै उठेको छ । मन्त्री ज्वालाले भने, ‘‘विपदका बेला सडक डिभिजनसहित सबै निकाय तदारुकताका साथ लाग्नुपर्छ, ढिलाइ गर्ने छुट काेही कसैलाई छैन ।’’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार