काठमाडौँ। आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो
यसैगरी आज (शुक्रबार) असार १५ अर्थात् नेपाली समाजमा खेतमा रोपाइँ गरी दही चिउरा खाएर मनाउने परम्परा पनि छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाएर आजको दिन मनाउने गर्दछन् । हामीले मनाउने विभिन्न चाड पर्वको छुट्टै मूल्य मान्यता भएपछि यस दिन खाने परिकारको पनि विशेष महत्त्व हुन्छ । आजका दिनमा खाइने दही चिउराले पनि स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउने गर्दछ ।
यहाँ दही र चिउराले शरीरमा पुर्याउने फाइदा बारे जानकारी दिइएको छ ।
दहीमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । यसका साथै, यसमा सोडियम, पोटासियम, भिटामिन ए, डी, बी–१२ पाइन्छ जसका कारण:
१. पाचन क्रियामा सघाउँछ:
दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ । यसले मसालेदार खानेकुराको असरलाई कम गर्दछ ।
२. मुटु स्वस्थ बनाउँछः
दहीले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ जसका कारण दही नियमित खाने व्यक्तिको मुटु स्वस्थ हुन्छ ।
३. प्रतिरोधी क्षमता बढाउँछ:
दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ ।
४. दाँत र हड्डी बलियो बनाउँछ:
दहीमा क्याल्सियम र फस्फोरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउँछ । नियमित रूपमा दहीको सेवनले हड्डीसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।
५. छालाको स्याहारका लागि उपयोग गरिन्छ:
दहीलाई घरेलु फेस प्याकमा अत्यधिक प्रयोग गरिन्छ । दहीमा जिङ्क, भिटामिन ई, फस्फोरसजस्ता मिनरल्स पाइने भएकाले यसले छालालाई जवान राख्छ ।
६. चायाँ हटाउँछ:
दहीमा पाइने ल्याक्टिक एसिडले कपालको चायाँबाट राहत प्रदान गर्दछ । मेहेन्दीमा दही मिसाएर लगाउँदा चायाँ हट्नुका साथै कपाललाई नरम र चम्किलो राख्न मद्दत गर्दछ ।
७. तौल घटाउन सहयोग गर्दछ:
दहीमा पाइने क्याल्सियमले शरीरमा कार्टिसोल बनाउन सहयोग गर्दछ । शरीरमा कार्टिसोलको असन्तुलनले मोटोपना, हाइपरटेन्सन र कोलेस्ट्रोल बढाउने गर्दछ ।
८. तनाव र चिन्ताबाट राहतः
खानामा दही समावेश गर्दा यसले शरीरलाई रिल्याक्स हुन मद्दत गर्दछ । एक अनुसन्धानका अनुसार दहीको सेवनले दिमागको त्यो भागको क्रियाकलापलाई कम गर्दछ जसले भावना र पीडालाई नियन्त्रण गर्दछ ।
यदि तपाईंलाई दही चिउरा खान यति फाइदा अपर्याप्त छ जस्तो लाग्छ भने चिउराका फाइदाबारे पनि जानकारी लिनुहोस्:
१. चिउरामा भिटामिन ए, सी, क्याल्सियम र आइरनको प्रचुर मात्रा पाइन्छ ।
२. चिउरामा फ्याट र ल्याकटोज नहुने भएकाले मुटुका लागि निकै स्वस्थ हुन्छ ।
३. यसमा आइरनको मात्रा धेरै हुन्छ । यसमा भिटामिन बी, कार्बोहाइड्रेट र प्रोटिन हुन्छ ।
४. चिउरामा थोरै तरकारी समावेश गर्दा यो खानाको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
५. यसमा कार्बोहाइड्रेटमा मात्रा धेरै हुने भएकाले शरीरमा ऊर्जाको स्तरलाई कायम राख्न सहयोग गर्दछ ।
६. चिउरा निकै सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेहरूले प्रयोग गर्न सक्छन् ।
७. चिउराले मधुमेह रोगीलाई निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको सञ्चार ढिलो गराउँछ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend